कोरोनाले भारतका खेलाडी नहुँदा ताईपेसँगको खेल स्थगित


काठमाडौं – कोरोनाको कारण न्युनतम १३ खेलाडी उपस्थिति गराउन नसकेपछी एएफसी महिला एसियन कप-२०२२ अन्तर्गत घरेलु टोली भारत र चाइनिज ताइपेबिरुद्दको खेल नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मुम्बईस्थित डिवाई पटिल मैदानमा हुने खेल नहुने घोषणा गरेको हो । कोभिड-१९ संक्रमणका कारण भारतले आफ्नो १३ खेलाडीको नामावली आयोजकलाई बुझाउन नसकेपछी समूह ए को खेल नभएको हो ।

खेल अघि सहभागी टोलीले अन्तिम २३ खेलाडी नामावली आयोजकलाई बुझाउने गरिन्छ । तर अत्याधिक कोरोनाको कारण आयोजक भारतले न्युनतम १३ खेलाडी सार्वजनिक गर्न असफल भयो ।

जसका कारण खेल स्थगित भएको छ । पहिलो खेलमा भारत इरानसंग गोलरहित बराबरीमा रोकिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ