भुटानले नेपाललाई दियो ६७ रनको लक्ष्य


काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानले नेपालसामू ६७ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभारमा नौ विकेट गुमाएर ६६ रनको योगफल तयार पारेको हो ।भुटानको लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे ।

यसबाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् । नेपालका लागि अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिँदा स्नेहा महराले एक विकेट लिइन् ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ