त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि नेपाललाई


काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ओभरमा विकेट गुमाउँदै रनमै समेटियो ।

पपुवा न्युगिनीका लागि सेसे बाउले अर्धशतकिय पारी खेले । उनले ३८ बलमा १ चौका र ६ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान ८८ रन बनाए । यस्तै, चार्ल्स अमिनीले १५, रिले हेकुरेले ६, चाड सोपरले १, सिमोन अटेईले रन बनाए । टोनी उरा र नर्मन भनुआ शून्य रनमै आउट भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । कप्तान सन्दिप लामिछाने र करन केसीले समान २-२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । आजको खेलमा नेपालको सुरुवात केही राम्रो रहेपनि मध्यक्रम भने चल्न सकेन ।

नेपालका ओपनर कुशल भुर्तेलले खेलको पहिलो ओभरमा शानदार प्रदर्शन गरेपनि २५ रनमा क्याच आउट हुन पुगे । लगातार ठूलो सट खेल्ने धुनमा उनी कबुवा मोरेको बलमा लेगा सियकाबाट क्याच आउट भएका हुन् । त्यस्तै, त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेल पनि २ रनमै पेभेलियन फर्किए । यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेका पौडेल पनि त्यही लयमा रिले हेकुरेको बलमा नर्मन भनुआबाट आउट भए ।

नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ५४ रन बनाए । उनले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेर किर्तीमानसमेत राखेका छन् । पीएनजीविरुद्ध २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् । उनी नेपालबाट टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ