श्रीलंका पुलिसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै


काठमाडौँ l अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) तेस्रो खेलमा श्रीलंका पुलिसको सामना गर्दै छ अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान सन्दीप लामिछानेको टोली लगातार तेस्रो खेल समेत जित्ने योजनामा छ ।यसअघि नेपालले पहिलो खेलमा नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो । अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ