टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट : फिलिपिन्सविरुद्ध नेपालको शानदार जीत


काठमाडौँ ।  नेपालले टी२० विश्वकप छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनको अन्तरले पराजित गर्न सफल भएको छ । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा पराजित भएको हो ।

यसअघि कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ