नेपाल यूएईसँग २५ रनले पराजित


काठमाडौँ । चारदेश सम्मिलित टी २० सिरिज अन्तर्गत नेपाल यूएईसँग पराजित भएको छ । शनिबार ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

यूएईको विशाल लक्ष्य खडा गर्न चिराग सुरीले अविजित ८४ रन बनाउँदा रोहन मुस्तफाले ४९ रन बनाए । त्यस्तै मोहम्मद वसीमले २२ रन बनाउँदा बसील हमिदले १७ र मोहम्मद बोटा १४ रनमा अविजित रहे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाउँदा आशिफ शेखले ३४, लोकेश बमले ३३ तथा ज्ञानेन्द्र मल्लले २२ रन बनाए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ