बिहीबार १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


काठमाडाैं –  पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खिएको जानकारी अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबैभन्दा धेरै संक्रिमत संख्या हो ।

आज ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय ४९ संक्रमित निको भएको छन् । योसँगै हालसम्म नेपालमा निको हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ