प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगः छानबिनका लागि ११ सदस्यीय समिति गठन हुने


काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति गठन हुने भएको छ ।आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्तावको छानबिनका लागि ११ सदस्यीय समिति बन्ने सहमति भएको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धन दलहरुले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।महाअभियोग प्रस्तावमा जबराकोे कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ