एमसीसीबारे व्याख्यात्मक टिप्पणीमा अमेरिकाको ‘ग्रीन सिग्नल’


काठमाडौं ।  एमसीसीका केही बुँदामा गरिने व्याख्यात्मक टिप्पणीप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएको छ ।एमसीसीमा भएका केही प्रावधानलाई नेपालको हीत अनुकूल व्याख्यात्मक टिप्पणीसहित पास गर्नुपर्ने माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको मध्यमार्गी लाइनमा अमेरिका पनि सहमत भएको हो ।

स्रोतका अनुसार व्याख्यात्मक टिप्पणीसहित पास गर्दा अमेरिका मान्न तयार हो भनेर नेपाल सरकारले शनिबार टेलिफोन गरेर अमेरिकी सरकारलाई सोधेको थियो । यसको जवाफमा अमेरिकी सरकारले नेपालको निर्णय मान्न तयार भएको बताएका थियो । त्यसपछि लामो समयदेखिको आन्दोलन र विरोध पनि मत्थर हुने र एमसीसी पनि पास हुने बाटोमा जान माओवादी केन्द्र र एकीकृत समाजवादी तयार भएका हुन् ।

अमेरिकाले व्याख्यात्कम टिप्पणीसहित एमसीसी मान्न तयार भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उनीहरुबीच आजै भएको भेटले आजैको संसद्बाट एमसीसी पास गर्न समझदारी गरेका हुन् ।व्याख्यात्मक टिप्पणीमा एमसीसी सम्झौता अमेरिकाले अघि सारेको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग नभएको, एमसीसीसँगको सम्झौता नेपालको संविधान र कानुन भन्दामाथि नरहेको र एमसीसी नेपाल कम्प्याक्टको लेखा परीक्षण नेपालमा हुने लगायत विवादित बिषयमा प्रष्टीकरण समावेश हुनेछ ।

के छ व्याख्यामा ?

१. एमसीसीबारे नेपालले उठाउँदै आएका प्रश्न र एमसीसीले नेपाल सरकारलाई पेश गरेको जवाफ।

२. सन्धि ऐन अनुसार उक्त लेटर अफ एक्सचेञ्ज पनि सम्झौताको अङ्ग हुने प्रावधान।

३. नेपाल सरकारले भर्खरै पुनः गरेको पत्र व्यवहार।

४. यी सबै दस्तावेज एमसीसीका अङ्ग हुने गरि सरकारको तर्फबाट पुरक प्रस्ताव पेश हुने र पारित हुने।

५. यी सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भङ्ग भएको घोषणा गर्न सक्ने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ