सभामुख र कानूनमन्त्रीको छलफलपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित


काठमाडौं । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ ।एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।

सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । केहीबेरपछि सूचना टाँस हुने संसद सचिवालय स्रोतले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ