जीप दुर्घटना अपडेट: मृतक आठ जनाकै पहिचान खुल्यो, बेहुला‍-बेहुली अस्पतालमा


काठमाडौं । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनाकै पहिचान खुलेको छ ।नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान गौमुखी-६ ओखरपाटामा दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै पहिचान खुलेको हो ।

मृत्यु हुनेहरूमा एकउटै परिवारका ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै, ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् ।

दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।दुर्घटनामा घाइते भएका बेहुला २५ वर्षीय दानबहादुर खड्का र बेहुली १९ वर्षीया रीमा जिसीसहित पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । हाल गम्भीर घाइते बेहुलीसहित तीन जनालाई भने बुटवल रेफर गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ