सात बुँदे मागसहित डा. केसीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ ।चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार मन्त्रालय पुगेर डा. केसीले स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, देशभरका स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, सतरोन्नती र गुणस्तर वृद्धि गर्नुपर्ने लगायतका माग राखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस