टिकापुर अस्पताल कैलालीकाे अनुराेध


डेंगी ज्वरो ( लामखुट्टेको बृद्धि विकास नियन्त्रण गर्ने )
♦ आफ्नो घर वरिपरी, कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्ने ।
♦ पानी जमिहालेको खण्डमा हप्तामा २ पटक जमेको पानी हाल्नुपर्छ ।
♦ दैनिक प्रयोजनको लागि राखेको पानी लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
♦ कुलरमा रहेको पानी हप्तामा २ पटक सफा गर्नुपर्छ ।
♦ गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा २ पटक हालेर प्लेट सफा राख्ने, त्यस्तै भाँडाकुडामा पानी जम्न नदिन घोप्ट्याएर राख्ने
♦ घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने ।
♦ काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल प्लाष्टिकका सामग्री, टाएर आदिको पानी जम्न नमिल्ने गरि बिसर्जन गर्ने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ