नेपाल खानेपानी संस्थान कैलालीद्वारा जनहितमा जारी सन्देश


पानी शुद्धिकरण गर्नि बिधिहरु ।
बिपद् पछि खानेपानीका स्रोत वा खानेपानी दुषित हुने संमभावना बढि हुनाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउनुपर्छ। पानीलाई घरमा वा अस्थायी बसोबास भएको ठाँउमा सजिलै शुद्धिकरण गर्न सकिन्छ।
१. क्लोरिनेशन
पीयुष वा अक्वाट्याब्स् राखेर शुद्धिकरण गर्ने।
क) पीयुष ( ६० मि .लि) : एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल हाल्ने ।
ख) पीयुष ( २४० मि .लि) : १० लिटर पानिमा बिर्कोको तल्लो धर्को र १५ लिटर पानीमा बिर्कोको माथिल्लो धर्कोसम्म क्लोरिन झोल हालेर चलाउने।
ग) अक्वाट्याब्स् : ५ लिटर पानीमा एक चक्कि अक्वाट्याब्स् हाल्ने ।
* क्लोरिन हालेको आधा घन्टा पछि मात्र पानि प्रयोग गर्नुहोस्।
२. उमाल्ने
क) पानीलाई एक झुल्को उमालेर मात्र पिउने ।
ख) पानी धमिलो भएमा पानीलाई थिग्राएर मात्र उमाल्नुपर्छ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ