भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङकाे अनुराेध


खोरेत रोग वारे संक्षिप्त जानकारी
परिचय

खोरेत रोग गाई, भैसी, बंगुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग हो । खोरेत रोग लागेको जनावरसंग संपर्क भएमा वा दुषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ । रोगको असर लामो समय सम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरुको समुहमा रोगले असर गर्ने प्रतिसत झण्डै १०० हुन सक्दछ । स्थानीय बयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।

खोरेत रोगको लक्षण

१‍ ज्वरो आउने, ्याल चुहाउने, लंगडाउने ।
२‍ दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने ।
३ ‍ मुख र खुरको कापकोे साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने हुन्छ ।
४‍ ब्याउने पशुहरु तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ