मधेस प्रदेशसभा बैठक २२ गते सम्मका लागि स्थगित, यस्तो छ कारण
काठमाडौं । मधेश प्रदेशसभाको मंगलबार बोलाइएको बैठक १२ दिन सम्मका लागि स्थगित भएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि सो बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो ।
सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको थियो । मन्त्री यादव आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने भएकोले बैठकलाई स्थगित गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस