राष्ट्रियसभाका १९ वटै सिट सत्ता गठबन्धनले जित्ने माधव नेपालको दाबी


काठमाडौं । नेकपा एकीकृत समावजादी पार्टीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभाको सबै सिट सत्ता गठबन्धनले जित्ने दावी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा विभिन्न पार्टी परित्याग गरि आएकाहरुलाई पार्टी प्रवेश गराउँदै राष्ट्रियसभाकाे १९ सिट गठबन्धनले जित्ने दावी गरेका हुन् ।

आज १९ सिटका लागि सातै प्रदेशमा राष्ट्रियसभाको मतदान भइरहेको छ । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने अध्यक्ष नेपालले बताए । ‘सबै ठाउँमा हामी जित्छौं, त्यसले एउटा तरंग पैदा गर्नेछ । अब एमाले सबैतिरबाट पत्ता साफ हुन्छ,’ उनले भने ।

त्यस्तै उनले संविधानलाई सर्वोपरि राखेर कानुन अनुसार निर्वाचन गर्नुपर्ने बताए । ‘हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर कानुन अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ । एकै पटक तीनै तहको चुनाव हुनसक्यो भने राम्रो हुन्छ,’ उनले भने ।

अध्यक्ष नेपालले एउटा चुनाव गर्दा झन्डै पाँच अर्ब खर्च हुने बताए । ‘यसभन्दा अघि पाँच चरणमा चुनाव भएको थियो। त्यतिबेला झन्डै २५ अर्ब खर्च भएको थियो। यदि एउटै चरणमा गर्ने हो भने पाँच देखि दश अर्बमा सम्पन्न हुनसक्छ। उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामीले छलफल गरिरहेका छौं,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ