सरकारले थाल्यो चुनावको तयारी, यस्तो छ प्रधानमन्त्रीको रणनीति, प्रचण्डको प्रस्ताव अस्वीकार


काठमाडौं । सरकारले आसन्न निर्वाचनको तयारी थालेको छ । आगामी वर्ष २०७९ साल निर्वाचनको वर्ष रहेका बेला सरकार त्यसको तयारीमा जुटेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गर्दै तयारीमा लाग्न सबै निकाय र दलहरुलाई आग्रह गरेका हुन् ।
‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु,’ उनले भने । सत्ता गठबन्धनमा पहिला स्थानीय तहको निर्वाचन गर्न नहुने आवाज उठे पनि प्रधानमन्त्री देउवा त्यसमा सहमत छैनन् ।
उनी कि पहिला स्थानीय तहको गराउने र त्यो नभएमा तीनै तहको निर्वाचन एकैपटक गराउने रणनीतिमा छन् । देउवाले पहिला संसदीय निर्वाचन र पछि स्थानीय तहको निर्वाचन गराउने माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव अस्वीकार गरेका छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ