प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न अहिले प्रधानमन्त्री देउवाले बालुवाटारमा सर्वदलिय बैठक बोलाएका छन् । त्यसमा एमाले सहभागी नहुने निश्चित भएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा एमालेलाई कुनै जानकारी प्राप्त नभएको दावी गरे ।

उनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को सहमति नहुने पार्टीको धारणा रहेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन समेत गर्ने भएका छन् । एमालेले एकिकृत समाजवादी सहभागी बैठक बहिस्कार गर्दै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ