कञ्चनपुरमा विप्लव नेतृत्वको नेकपाका ३ नेता पक्राउ
कञ्चनपुर – जिल्लामा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडी रहेका छन् ।
मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेको उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन्। बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए।
नेकपाले सरकारसँग भएको ३ बुँदै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस