उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित


काठमाडाैं – सत्ता गठबन्धनद्धारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । अन्तिम समयमा आएर साँझ चार बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको माओवादीका नेता देव गुरुङले बताए । आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची थियो । यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ । सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन । निर्वाचन मिति तोक्ने विषयमा शीर्ष नेताहरुले फरक–फरक धारणा राख्दै आएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ