एमालेको ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा के छ ?(पूर्णपाठ)


 

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको आ–आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् ।

घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ । त्यस्तै बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

एमालेले अघि सारेका ६ संकल्प :

१ हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।

२ हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।

३ हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।

४ हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।

५ हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।

७ हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्नेछन् ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र:

namaste



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ