वैखाख १० गतेमात्रै महानगर र उपमहानगरका उम्मेदवार छनोट गर्ने एमालेको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले वैशाख १० गते महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । बिहीबार बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले वैशाख १० गते मात्रै महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे छलफल भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । ‘आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौँ । ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ ।’, उनले भने । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।
तपाईको प्रतिक्रिया दिनुहोस