संघीय लाेकतान्त्रिक गणतन्त्रकाे जन्मदाता माओवादी केन्द्र हाे : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीकाे पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारेकाे र यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइने बताए । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूकाे पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीकाे पक्षमा पार्न असहज नभएको दाबी गरे । उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएकाे पनि बताए ।`तपाईं युवाहरूले सही निर्णय गर्नुभयाे । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लाेकतान्त्रिक गणतन्त्रकाे जन्मदाता माओवादी केन्द्र हाे ।
संविधानकाे रक्षा गर्न, सामाजिक न्यायसहितकाे समाज बनाउन र देशकाे समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हाे । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ´, प्रचण्डले भने ।प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए
तपाईको प्रतिक्रिया दिनुहोस