आयोगलाई ओलीको प्रश्न : गठबन्धनको खटपट मिलाउने काम गर्ने हो ?
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि प्रश्न उठाएका छन् । आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गरेका हुन् ।
उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् । ‘ मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ? गठबन्धनमा खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ? पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’, उनले भने ।
त्यसैगरी अध्यक्ष ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दावी गरे । ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ । ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतीसाल भएर उभिन्छ । देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बडार्नेछ । हामी चुनाव पर्खिरहेका छौं। एमाले नेपाली जनताको पार्टी हो।’, उनले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस