नेकपा एसको चुनावी रणनीति : सकेसम्म गठबन्धनसहित जाने, नभए एक्लै भिड्ने


काठमाडौँ l नेकपा (एकीकृत समाजवादी) स्थानीय तहको निर्वाचन बारे रणनीति बनाउने जुटेको छ । बुधवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीवार पनि समूहगत छलफल गरेर स्थानीय तहको निर्वाचन अभियानबारे निर्णय हुने जनाइएको छ ।बुधबार अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको १० पन्ने राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन्। नेकपा एकीकृत समाजवादीले सकेसम्म स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने रणनीति बनाएको छ । यदि गठबन्धन दलहरुले नमानेमा आफ्नो जोडबलमा चुनाव जित्नका लागि गृहकार्य गर्ने रणनीतिमा एकीकृत समाजवादी लागेको छ ।

‘गठबन्धन भए त भइहाल्यो नभए आफ्नो जोडबलमा पनि चुनाव जित्नका लागि अभियान चल्छ । ’ नेकपा एसका एक नेताले भने । स्थानीय तहको चुनावमा नेकपा (एमाले) बाहेकका दलहरुसँग तालमेल गर्ने एकीकृत समाजवादीले जनाएको छ । स्थानीय तहमा प्रभाव भएका राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल हुनसक्ने एकीकृत समाजवादीले जनाएका छ ।अध्यक्ष नेपालले स्थानीय तहको चुनावमा सहकार्य गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवासँग पटक पटक आग्रह गरिरहेका छन् । तर प्रधानमन्त्री देउवाले भने यस विषयमा मुख खोलेका छैनन् । नेपाली कांग्रेसका नेताहरुले भने स्थानीय तहको चुनावमा एक्लै भिड्ने बताउँदै आएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ