परराष्ट्रमन्त्रालयबाट को को बन्दैछन् राजदूत ?

प्रधानमन्त्री देउवा,प्रचण्ड र नेपालबीच भेटवार्ता : राजदूत नियुक्ति र मन्त्रिमण्डल पुर्नगठन गर्नेबारे छलफल


काठमाडौं । सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिहिवार सांझ ५ बजे बालुवाटार पुगेका थिए ।

बैठकमा स्थानिय निर्वाचन,मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिको बारेमा छलफल भएको हो । माओवादी केन्द्र र समाजवादीका सबै र कांग्रेसका अधिकांश मन्त्रीहरु फेरबदल गर्नेमा तिनै नेताबीच सहमति जुटेको प्रधानमन्त्री निकट एक नेताले बताए ।

माओवादी अध्यक्ष दाहालले महासचिवमा जनार्दन शर्मालाई ल्याएर अर्थमन्त्रीमा शक्ति बस्नेत वा वर्षमान पुनलाई जिम्मेवारी दिने सम्भावना रहेको स्रोत बताउंछ । त्यसैगरी समाजवादीका अध्यक्ष नेपालले मेटमणी चौधरीलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्रीसंग आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै बिहान ४ दलको बैठक बसेको थियो । बैठकमा दाहाल र नेपालले स्थानिय तहको निर्वाचन सार्ने प्रस्ताव गरेको स्रोतको दावी छ । तर, प्रधानमन्त्री देउवाले भने उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल संवैधानिक इजलासबाट स्थानिय चुनाव केही दिनलाई भएपनि सार्नुपर्ने भन्दै लविङमा रहेको स्रोत बताउंछ । विहिवार सांझ प्रधानमन्त्रीसंग भएको छलफलमा समेत दाहालले उक्त विषयलाई फेरी जोड दिएका छन् । प्रधानमन्त्रीले भने त्यो सम्भावना नभएको जवाफ दिएको बताइएको छ ।

प्रधानमन्त्री देउवा,माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकिकृत समाजवादीका अध्यक्ष नेपालबीच सांझ भएको छलफलमा राजदूत नियुक्ति भोली गर्नबारे छलफल भएको हो ।दाहाल र नेपालले आफ्नो पार्टीको तर्फबाट नियुक्त गर्ने राजदूतहरुको सूची प्रधानमन्त्री देउवालाई बुझाएका छन् । दाहालले बुझाएको सूचीमा सभामुख अग्नी प्रसाद सापकोटाका छोरा रुपक सापकोटाको नाम समावेश नभएको बालुवाटार स्रोतले बताएको छ ।

उनलाई अन्तिममा रसिया जान आग्रह गरिएको बताइएको छ । तर,उनले चीन नहुने हो भने आफु बङगलादेश जाने बताएपनि उनको नाममा सहमति नभएको स्रोतको दावी छ ।समाजवादीका अध्यक्ष नेपालले अष्ट्रेलियाको राजदूतमा आफ्ना बहिनी ज्वांई कैलाश पोखरेल, मिलन तुलाधार कतार र केशव बस्याललाई मलेसिया पठाउन सिफारीस गरेका छन् ।

यसअघि नेपाली कांग्रेस र जसपाको कोटाबाट तीन जना राजदूतको नियुक्ती भइसकेको छ । कांग्रेसको कोटाबाट शंकर शर्मा भारत र श्रीधर खत्रीको अमेरिका र जसपाको कोटाबाट ज्ञानचन्द्र आचार्यको बेलायत नियुक्ति भइसकेको छ ।

अहिले चीन, रुस,जापान, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका र अस्ट्रेलियालगायत २० दिनमा राजदूक्त रिक्त छ । सत्तारुढ दल कांग्रेसले ५,माओवादी केन्द्रले ५, समाजवादीले ४ र जसपाले २ देशमा राजदूत पठाउने सहमति भएको छ ।

माओवादी केन्द्रको कोटमा चीनका लागी पुर्व मुख्यसचिव लीलामणी पौडेलको नाम प्रस्ताव गरेपनि उनको नाममा सहमति नभएको स्रोत बताउंछ । राजदूतको लागी शर्मिला पराजुली ढकाल, सृष्ठी राणा र बन्दना राणालगायतको नाम छ । माओवादी अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपालले शुक्रबार नै राजदूत गर्न प्रधानमन्त्री देउवालाई दबाव दिएको स्रोत बताउंछ ।

परराष्ट्रमन्त्रालयबाट को को बन्दैछन् राजदूत ?

परराष्ट्रमन्त्रालयबाट सात जना राजदूत पठाउने सहमति भएको छ । शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्त गर्ने तयारी छ । परराष्ट्रमन्त्रालयका सहसचिवहरु लोकबहादुर थापा, शुसिल लम्शाल, निर्मलराज काफ्ले,हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, र भरत रेग्मी राजदूत बन्ने सम्भावना छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ