सभामुख र माधव नेपालहरूको पद जोगाउन एमसीसीको पक्षमा उभिने निर्णय गर्‍यौं : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जनाको पद जोगाउन एमसीसीको पक्षमा उभिएको बताएका छन् ।माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख अग्नि सापकोटालाई हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताएका हुन् ।

उनले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरे । ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाए । बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भएपछि हामीले एमसीसीको पक्षमा उभिने निर्णय गर्यौं,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सांसदले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ