आज पनि एमालेले संसद अवरुद्ध गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी राख्ने भएको छ । आफूहरूले संसदीय प्रक्रियामा भाग नलिएको भन्दै एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको हो ।
प्रमुख सचेतक विशाल भट्टराईले एमाले पूर्ववत् अडानमा नै रहेकाले आजको संसद बैठकमा पनि अवरोध जारी रहने बताए । ‘हामी पूर्ववत् अडानमा नै छौँ । हाम्रा माग पुरा नभएसम्म संसदीय प्रक्रियामा भाग लिँदैनौं र लिएका छैनौँ । त्यसैले हामीले एमसीसीबारे कुनै निर्णय गरिरहनु पर्दैन,” उनले भने ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । एमालेले १४ सांसदलाई गरेको कारबाहीको सूचना टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आएको छ । सत्ता गठबन्धनले व्याख्यात्मक घोषणासहित आजै एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस