संसद बैठक आज : एमसीसीमाथिको छलफल अघि बढाइने


काठमाडौं । प्रतिनिधसभाको बैठक आज बस्दै छ । एमसीसी प्रस्तावमाथि छलफल अघि बढाउनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ ।


ट्याग : #एमसीसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ