एमसीसी संसदमा टेबुल हुनबाट कसैले रोक्न सक्दैन : रामचन्द्र पौडेल
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।
उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी संसदमा टेबुल हुनबाट नरोक्ने समेत दावी गरे । नेता पौडेलले भने, ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको उनले बताएका छन् ।
‘नेपाल बार र न्यायधिसहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो । उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन । त्यो भनेको महाअभियोग लगाएर देखाउ भनेको हो। त्यसैले महाभियोगको प्रस्ताव ल्याइएको हो ।’ उनले भने ।
सत्ता गठबन्धनले आइतबार प्रधानन्यायाधीशविरुद्ध महआभियोग प्रस्ताव दर्ता गराएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस