एमसीसी पास गर्न देउवाले महन्थ ठाकुरसँग मागे सहयोग
प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो । छलफलमा देउवाले संसद्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न ठाकुरलाई आग्रह गरेको स्रोतले जानकारी दियो ।
छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्बाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । स्रोतका अनुसार जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा सरकारले निर्णय लिनुपर्ने भन्दै आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए ।
प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताएका थिए । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न समेत ठाकुरसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस