सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न देउवाको अपिल


कांग्रेस सभापति शेरबहादुर देउवाले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न, नगराउन सबैमा अपिल गरेका छन्।

सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न सभापति देउवाले विज्ञप्तिमार्फत अपिल गरेका छन्।

देउवाले परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ मिलेर बसिरहेको  विज्ञप्तिमा उल्लेख गरेका छन्।

बुधबार देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गर्दछ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ