देउडा आइडल’ आयोजना गरिँदै, नन्दकृष्ण जोशी, तिलक पेला र टीका पुन निर्णायक


काठमाण्डु – नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ ।

देउडा सांस्कृतिक मञ्चले आज शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आइडल हुने जानकारी गराएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रूपमा रहेको टीभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।

‘यो ४–५ वर्षको प्रयासमा हुन गइरहेको छ । कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नुभयो, यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरूलाई कार्यक्रममा सहभागी गराइनेछ । कार्यक्रममा लागि सुप्रसिद्ध देउडा सर्जक नन्दकृष्ण जोशी, तिलकसिंह पेला र टीका पुनलाई निर्णायक मण्डलको रूपमा चयन गरिएको छ ।

कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गराइने देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ