गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेन्ससहित चालक पक्राउ


गाँजा तस्करी गर्न प्रयोग भएको एम्बुलेन्ससहित चालक पक्राउ परेका छन्।

मोरङको विराटनगर महानगरपालिका– १८ स्थित लाभघाटबाट साढे २१ केजी गाँजा बोकेर तस्करी गर्न लागेको क्रममा मंगलबार राति सीमाक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले एम्बुलेन्ससहित चालकलाई प्रक्राउ गरेको हो।

राजन अधिकारी फाउन्डेसन धरानले सञ्चालन गरेको को.१च ४६१९ नम्बरको एम्बुलेन्ससहित चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा तस्करीमा संलग्न एम्बुलेन्सका चालक सरकारबाट नगद ४० हजार रुपैयाँ र बेवारिसे अवस्थामा रहेको एक भारतीय नम्बरप्लेटकाे मोटरसाइकल पनि बरामद गरेको छ।

इप्रका बुधनगर र अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर– १८ स्थित खेतको परालमा लुकाएर राखेको  १६.५ किलोग्राम गाँजा पनि मंगलार राति नै बरामद गरेको इलाका प्रहरी रानीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ