सुदूरपश्चिममा ८ सय ७६ जनामा डेंगी संक्रमण


धनगढी। सुदूरपश्चिम प्रदेशमा डेंगी संक्रमणको संख्या ८ सय ७६ जना पुगेको छ। सुदूरपश्चिमका जिल्लाहरुमा डेंगीको संक्रमण बढन थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार नौ वटा जिल्लामा फैलिएको डेंगुका कारण संक्रमित हुनेको संख्या बढीरहेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भैसकेको छ ।कञ्चनपुर भीमदत्त नगरपालिका ६ की १२ वर्षीया बालिकाको धनगढी सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवकको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। उनको पनि धनगढीमै उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।यसैगरी दार्चुलामा पनि एक जनाको मृत्यु भएको थियो।

स्थानीय तहदेखि महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयमा समेत अभाव हुन थालेको स्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग नियन्त्रण अधिकृत सिद्धराज भट्टले बताए ।‘अहिलेसम्म जेनतेन धानिएको छ,’ उनले भने, ‘हामीसँग भएको किट पनि सकियो, पालिकाहरुसँग भएको पनि सकिएको छ ।’ उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयमा पनि किटको अभाव छ ।प्रदेश स्वास्थ्य निर्देशनालयले मागअनुसार आपूर्ति नभएका कारण जिल्लामा पठाउन नसकिएको जनाएको छ।अहिले प्रदेशमा किटको मूल्य ७ सय देखि १५ सयसम्म पर्छ ।स्वास्थ्य निर्देशनालयले मूल्यको एकरुपताका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको जोशीले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ