घाइते सहमहामन्त्री यादवको टाउकोमा लागे १० टाँका, आईसीयूमा राख्नुपर्ने


काठमाण्डु – भृकुटीमण्डपमा भएको खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको टाउकोमा १० टाँका लागेका छन् ।

खुकुरी प्रहारबाट गहिरो घाउ भएर टाउको पछाडिको भागमा काटिएकाले १० टाँका लागेका अस्पताल स्रोतले जानकारी दिएको छ । ट्रमा सेन्टरका ३ जना डाक्टर उनको उपचारमा संलग्न छन् ।

घाइते अवस्थामा रहेका यादवलाई आईसीयूमा राखेर उपचार गरिने भएको छ ।

खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिकाका ४७ वर्षीय श्यामबाबु सापकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ