दुधको मूल्य बढ्यो, प्रतिलिटर ५६.०४ रुपैयाँ कायम


काठमाडाैं  – सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।

सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ