सुदूरपश्चिमकाे धनगढीमा जनतासँग माओवादी रूपान्तरण अभियान सुरु


धनगढी – जनयुद्धकाे पहलकर्ता माओवादी पार्टी सम्झोैताबाट शान्ति प्रकृयामा आएपछि पटक पटक सरकारकाे नेतृत्वमा रह्याे र राजनीतिक व्यबस्थामा केही परिवर्तन गरेपनि ब्यवहारत: उ आफै बिग्रिदै गएकाे लागेर पार्टीले नेता कार्यकर्तालाई जनतासँग रुपान्तरण हुन तीन महिने अभियान चलाएकाे छ । यही अभियान अन्तर्गत अहिले सुदूरपश्चिमका जनतासँग माओवादी घरघरमा पुगेकाे हाे ।

अाज नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिका वडा न ०५ वडा कमिटीकाे बैठकमा कमान न.०१ इन्चार्ज एबम केन्द्रिय सदस्य दिपक साउद (तरङ्ग) ले   ‘यो अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी आफू रुपान्तरण हुन हो’ र  ‘माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान सञ्चालन गरिएको हो ।’
उनले भने, माओवादीले विभिन्र जाति,क्षेत्र, वर्ग, लिङ्ग र समुदायकाे अधिकार सुनिश्चितता गर्याे र अब मुलुक माओवादी केन्द्र काँधमा रह्रकाे तथा हाम्राे पालामा  जनयुद्ध,गणतत्र,संविधान सभा, संघियता र समावेशिताकाे नेतृत्व गर्याै र अब सुशासन, सामाजिक न्याय र समृद्धि पनि हाम्रै पालामा पुरा हुन्छ ।
अर्काे प्रशंगमा ‘जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी छन्, माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक छ’ ।

साे बैठकमा पार्टी वडा न.५ का संस्थापक नेता चक्र ब.विश्वकर्मा र प्रदेश कमिटी सदस्यहरु र वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेकाे साे वडा पार्टी अध्यक्ष रूपलाल चाैधरीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ