१२ जिल्लाका प्रहरी प्रमुखलाई गृहमन्त्रीको फोन, सिके राउतको आन्दोलनबारे चासाे


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, शित लहर र हिमपातको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासन भत्ता लगायत जिल्लाको वस्तुस्थितीका बारे प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरि जानकारी लिएका हुन् ।

उनले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखलाई फोन गरेका हुन् । सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शित लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए ।

तराईका जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका थिए । सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे जानकारी लिएको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ