भ्रष्टहरु आत्तिएका छन्, तर सरकारको अभियान रोकिन्नः प्रचण्ड


रामेछाप, ३२ साउन– प्रधानमन्त्री एवं नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान नरोकिने बताएका छन् ।
रामेछापको दोरम्बा हत्या काण्ड भएको स्थानमा आयोजित दोरम्बा स्मृति दिवस कार्यक्रममा बिहीबार उनले सरकारको भ्रष्टाचारविरोधी अभियानबाट केही तत्त आत्तिएको बताए ।

उनले ०५२ मा सुरु गरेको जनयुद्धले मुलुकमा गणतन्त्रसहितको परिवर्तन ल्याएको भन्दै सरकारले अहिले थालेको बेथिति र विसंगतिविरोधी अभियानले समाजवादको आधार खडा गर्ने बताए । ‘अहिलेको बेथिति र विकृतिविरुद्धको लडाईं पनि माओवादीले नै लड्नुपर्छ भनेर सुरु गरिएको छ’, उनले भने, ‘विभिन्न खालका बेथितिहरुको अन्त्य गर्ने एउटा अभियान सरकारका तर्फबाट गएको छ ।’

प्रचण्डले सरकारले अभियानमा गठबन्धन आवद्ध दलहरुको पूर्ण सहयोग रहेको दाबी गर्दै बाहिरी हल्लाका पछि नलाग्न पार्टी पंक्ति र देशबासीलाई आग्रह गरे । ‘केही मानिसहरुलाई सरकारले थालेको बेथितिविरुद्धको अभियान र समृद्धिको यात्रा मन परेको छैन ।  उनीहरुले विभिन्न भ्रम छर्ने कोसिस गरेका छन् । म यो मञ्चबाट भन्न चाहन्छु यो गठबन्धन अहिले एकढिक्का छ । सुशासन र सामाजिक न्यायको र समृद्धिको अभियान चलाउने कुरामा संकल्पबद्ध छ’। उनले भने, ‘बाहिर आउने कतिपय मानिसका भ्रामक प्रचारका पछि नलाग्न म आग्रह गर्दछु । भ्रम फैलाउने काम उनीहरुले हिजो पनि गरेकै थिए । आज पनि गरिरहेका छन् र भोलि पनि लागेपुगेको गरिरहन्छन् ।’

प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समानुपातिकताका पक्षमा भएका सबै राजनीतिक शक्तिहरुसँग मिलेर सरकार अघि बढेको बताए । गठबन्धनका सबै दल र समथर्क शुभचिन्कतलाई सामाजिक न्याय, समृद्धि र सुशासनको महाअभियानमा सरकारलाई साथ दिन अपिल गरे ।

जनयुद्धका बेला आफूले रक्तपातपूर्ण क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उनले त्यतिबेला बन्दुक भए पनि अहिले सरकारमार्फत शान्तिपूर्ण क्रान्तिको अभियानमा रहेको उल्लेख गरे । सरकारले सुरु गरेको सुशासन र समद्धिृको लडाईंलाई जनतामा लगेर संगठन विस्तार गर्न हालै मात्र केन्द्रीय समिति बैठकले तीन महिने अभियान घोषणा गरेको भन्दै उनले त्यसमा सक्रिय सहभागिता जनाउन नेता कार्यकर्ता र शुभचिन्कतलाई आग्रह गरे । ‘हिजो हाम्रो जनतासँग नङ र मासुको जस्तो सम्बन्ध थियो । बीचमा अल्मलिएको थियो । अब फेरि जनताको घरघरमा गएर सम्बन्ध सुधार गर्ने प्रयासमा छौं’, उनले भने ।

आफूहरुले मुलुकमा विद्यमान एकाधिकार र निरंकुशताको अन्त्यको निम्ति जनयुद्ध थालिएको बताउँदा नपात्याएका धेरैले तीन महिना, ६ महिना र एक वर्ष आयु तोकेको चर्चा गर्दै प्रधानमन्त्रीले अहिले आफूहरु समाजवादका लागि अघि बढेको कसैले नपात्याएको बताए । बीचमा आफूहरुका तर्फबाट केही कमीहरु भएको स्वीकार उनले गरे । ‘हामी अहिले आत्मसमीक्षा गरिराखेका छैं । महान शहीद, बेपत्ता योद्धाका परिवार, घाइते अपांग र हिजो जनयुद्धमा हामीलाई साथ दिने जनताका अगाडि हामी आत्मसमीक्षा गर्दै आत्मालोचना गरेर फेरिन चान्छौं’, उनले भने, ‘ हामी तपाईंहरुसँग जोडिन चाहन्छौ र फेरि जनतासँग एक भएर समाजवादको यात्रातिर अगाडि बढाउन चाहन्छौं भन्ने संकल्प गरेका छौं ।’

उनले तीशन महिने अभियानका क्रममा माओवादी समर्थकबाहेक अरु दलका कार्यकर्ता र समर्थकका घरमा गएरसमेत सरकारले लिएका नीतिबारे बताइने बताए । उनले दोरम्बाको वीरता र बलिदानको चर्चा देशभर मात्र नभई संसारभर भइरहेको दाबी गरे ।

संयुक्त राष्ट्रसंघले समेत भयंकर मानवताविरोधी र आपराधिक घटनाको रुपमा लिएको दोरम्बा घटना शान्तिवार्ता चलिराखेको समयमा शान्ति भंग गर्ने मनसायले प्रतिगामी तव्वहरुले गरेको षड्यन्त्रको प्रतीकका रुपमा र क्रान्तिकारीहरुका तर्फबाट गरिएको वीरता र बलिदानको प्रतीकका रुपमा रहेको बताए । प्रचण्डले भ्रष्टाचार, बेथिति, षड्यन्त्र, विभेद र अपमानका विरुद्ध फेरि एकचोटि आन्दोलित हुने र देशलाई एकताबद्ध गरेर अगाडि जाने संकल्प आफूहरुले लिएको बताए ।

यो पटक सरकारमा बसेर जनताको हितमा राम्रो काम गर्ने र जनताको मन जित्नेबाहेक अर्को कुनै विकल्प आफूहरुसँग नरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीका रुपमा आफूले चुनौैतीपूर्ण अवसरका रुपमा लिएको चन्दै उनले जनयुद्धको तयारी र थालनी गर्दाको जस्तै सक्रियता, आत्मविस्वास र पहल लिन तयार रहेको बताए । ‘म अहिले जीवपनको उत्तराद्धृमा भए पनि समाजवादको निम्ति, देश र जनताको निम्ति फेरि एकटपक त्यही स्तरको सक्रियता, त्यही स्तरको पहलकदमी लिने संकल्प गरेको छु’, उनले भने ।
उनले ०८४ को निर्वाचनमा आफ्नो दल ०६४ को भन्दा ठूलो बन्ने जिकिर पनि गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ