कैलालीमा भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने


धनगढी । भीमदत्त राजमार्ग बिहीबार (आज) ६ घण्टाका लागि बन्द गरिने भएको छ ।

गत २२ साउनमा आएकाे पहिरोका सडक भाँसिएकाे गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडककाे पहिराे हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलाे र पानी बग्ने क्रम नराेकिएकाले मर्मतसम्भार गर्न केही घण्टा सडक बन्द गरिन लागेकाे जानकारी दिए ।

सुवेदीले उक्त क्षेत्रमा गाडी चलेपनि हिलाेका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेकाे पानीलाई पाइपमार्फत निकास दिइने बताए ।

लगातारकाे वर्षापछि गत साेमबार आएकाे पहिराेले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएकाे थियाे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ