पार्टी सङ्गठनमा उथलपुथल ल्याउने जनार्दन शर्माको घोषणा


काठमाडौं,२८ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने घोषणा गरेका छन् ।

पार्टीको युवा संगठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने दाबी गरेका हुन् ।

शर्माले भने,‘मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन,अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ ।” पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।

शर्माले आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र सम्वृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरेपनि त्यसलाई प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टी विरोधीहरूले फैलाएका भ्रम र अफवाहहरूको प्रतिरोध गर्न उनले निर्देशन समेत दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ