सीएमए संघ कैलालीको अध्यक्षमा प्रजापति चयन


अत्तरिया – नेपाल सीएमए संघ कैलालीको अध्यक्षमा लिला प्रजापति चयन भएकी छिन । सीएमए संघ कैलालीको तेस्रो जिल्ला अधिवेशनबाट प्रजापति अध्यक्षमा चयन भएकी हुन् ।

समितिको उपाध्यक्षमा धर्मराज गिरी, सचिवमा केवल बुढा, कोषाध्यक्षमा दिनेश बहादुर धामी, सह– सचिवमा शिवराज अधिकारी चयन भएका छन ।

यस्तै सदस्यहरुमा बिष्णु ऐर, खडक सिह धामी, गम्भीर बहादुर खड्का, दुर्गा प्रसाद ओझा चयन भएका छन । अधिवेशनबाट ४ जना केन्द्रिय प्रतिनिधि पनि चयन गरिएको छ । जसमा प्रकाश मल्ल, डिल्ली वली, भक्त बहादुर राना, मनोज चौधरी रहेका छन ।

सरकारको हस्तक्षेप रोक्छौ

नवनिर्वाचित अध्यक्ष प्रजापतिले हाल सरकारले सीएमएले संचालन गरेका क्लिनीकहरुमाथि अनावश्यक हस्तक्षेप गरेकाले त्यसलाई रोक्ने बताएकी छिन । उनले सरकारले अहिले बेला बेलामा बिना कारण क्लिनीक बन्द गर्ने, अवैधानीक भन्ने, बेइज्जत गर्ने काम गरेकाले त्यसलाई रोक्ने आफ्नो महत्तपूर्ण काम हुने बताइन् ।

 

‘समाजमा हामीले महत्तपूर्ण काम गरेका छौ । हामीले समुदाय क्षेत्रमा धेरै सेवा दिएको भएपनि सरकारले हामीलाई अधिकारबाट बन्चित गर्न खोजिरहेको छ’ उनले भनीन् ‘यसको लागि हामीले संस्था मार्फत लड्ने छौ ।’

उनले कुनै सीएमएले विधान विपरित मेडिकल संचालन गरेको भए त्यस्ता व्यक्तिलाई भने आफूहरुले संरक्षण नगर्ने बताइन् ।

उनले भनीन् ‘हामीले अहिले फैलिरहेको डेंगु रोगको निवारणको लागि पनि काम गर्ने छौ । जनस्वास्थ्यले दिएको जिम्मेवारी अनुसार हामीले काम गर्ने छौ ।’ उनले सीएमए संघको केन्द्र र जिल्लाको संरचनालाई अब क्षेत्र, नगर र वडामा विस्तार गरिने बताइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ