गौर घटनाबारे किन मौन छ माओवादी ?


काठमाडौँ । २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको गौर घटनाका दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउने सवालमा यतिबेला राजनीतिक ध्रुवीकरण देखिएको छ ।

गौरको राइस मिल मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सबै माओवादीका नेता–कार्यकर्ता थिए ।

गौर घटनापछि माओवादी पार्टी पटकपटक सरकारमा सहभागी भयो । माओवादीका अध्यक्ष प्रचण्ड स्वयं तीन पटक प्रधानमन्त्री भए । तर गौर घटनाको बारेमा माओवादीले कहिल्यै पनि गम्भीर नदेखिएको गुनासो पार्टीभित्र व्याप्त छ ।

माओवादी मधेस प्रदेशका एक नेताले भने, ‘हाम्रो अध्यक्ष र तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवबीच राम्रो सम्बन्ध भएका कारणले माओवादीले यो विषयलाई गम्भीरतापूर्वक नउठाएको हो जस्तो लाग्छ ।’

गौर घटनामा मारिएकाहरुकै परिवारका कतिपय सदस्य अझै माओवादीमै रहेको र पार्टीभित्र पटक पटक उनीहरूले न्यायको मागसहित कुरा उठाउँदै आए पनि नेतृत्व पक्षले चासो नलिएका कारण पीडितले न्याय नपाएको उनले बताए ।

gaur incident 3-001

बरु माओवादी छाडेर एमाले हुँदै अहिले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका प्रभु साहले गौर घटनालाई गम्भीर रूपमा उठाइरहेका छन् । माओवादी र एमालेमा हुँदा पनि उनले बेलाबेला यो विषयलाई उठाउने गरेका थिए । आम जनता पार्टी गठन गरेपछि साहले गौर घटनालाई निकै प्राथमिकताका साथ उठाइरहेका छन् ।

२०६३ माघ ७ गते गौरमा भएको उक्त घटनामा प्रभु साह प्रत्यक्ष सहभागी थिए । माओवादीको तर्फबाट कार्यक्रमको आयोजक उनी नै थिए । कतिपय प्रतिवेदन तथा मिडिया अनुगमनले प्रभु साहकै जिद्दीका कारण त्यो घटना भएको भनिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ