नदीनालाबाट प्लास्टिक बटुल्ने नयाँ साधन ‘बिअरको फोकाबाट प्रेरित’


एजेन्सि – समुद्रमा थुप्रिने प्लास्टिकका कारण त्यहाँको पर्यावरणमा ठूलो क्षति पुग्छ। समुद्रमा पुग्ने अधिकांश प्लास्टिक मानिसले नदीनालामा फाल्ने फोहोरमा हुन्छ।

ग्लासमा खन्याइएको बिअरमा बनेका हावाका फोकाहरू देखेर त्यसबाट उत्प्रेरित हुँदै वैज्ञानिकहरूले एउटा नयाँ उपकरण बनाएका छन्।

‘द ग्रेट बबल ब्यारिअर’ नाम दिइएको यो उपकरणले जलाशयमा जम्मा भएको प्लास्टिक सङ्कलन गरेर प्रदूषण नियन्त्रण गर्न सघाउँछ।

द नेदरल्यान्ड्सको एम्स्टर्ड्यामका नहरहरूमा यो उपकरण प्रयोग गरेर प्लास्टिक सङ्कलन गर्न थालिसकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ