एक क्विण्टल सुन प्रकरणले पनि एमाले नै उदाङ्गियो
त्रिभुवन विमानस्थलको व्यवस्थापन र सुरक्षा घेरालाई क्रस गरेर र भन्सार चेकजाँच प्रक्रियाबाट समेत उम्किएर त्यत्रो परिमाणको सुन कसरी बाहिर निस्किन सक्यो ? नवगठित छानबिन समितिले यसैको जरो पत्ता लगाउन सक्यो भनेमात्रै हालसम्मका तस्करी संयन्त्र र व्यक्तिहरूको पर्दाफास हुनेछ ।
सरकारले छानबिन समितिलाई अनुसन्धानको सम्पूर्ण अधिकार दिएको छ र यससँग सम्बन्धित आशंकामा १९ जना व्यक्तिहरू गिरफ्तार भइसकेका छन् । एक साधारण किशोर मजदुरको नयाँ दर्ता भएको कम्पनीको नामबाट स्कुटरको पार्टपुर्जा भनेर भित्र्याइएको सुनका साहु र बिचौलियाहरू कुन तहसम्मका छन्, त्यो त छानबिन समितिले नै पत्ता लगाउने छ । तर, ‘सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता’ किट्दै उनको राजीनामाका लागि एमालेले आफ्ना युवालाई मशाल दिएर दिउँसै सडकमा उतारेको छ भने प्रचार संयन्त्रहरूलाई सरकारकाविरुद्ध गोयवल्स शैलीले प्रस्तुत गरेको छ । सरकारले ठूलठूला भ्रष्टाचार फाइल खोल्दा प्रायः आफ्नै र आफू निकटकाहरूको गर्धन सेकिएपछि केही दिन अघि महेन्द्रपथीय राष्ट्रवाद भजाएर प्रधानमन्त्रीको राजीनामा माग्ने एमाले अहिले सुन प्रकरण देखाएर गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।
विमानस्थल सुरक्षा, व्यवस्थापन र भन्सार जस्ता सरकारका निकायहरूको आँखा छलेर वा सेटिङमा पारेर अनवरत हुँदै आएको यस्तो तस्करी, अहिले राजस्व अनुसन्धान विभाग जस्तो प्रधानमन्त्री अन्तर्गतको निकायले बरामद गर्न सकेको हो । यसमा सरकारलाई धन्यवाद दिनुको साटो उल्टै राजीनामा माग्ने कुराले राजीनामा माग्नेहरू सुन बरामदबाट कति छट्पटीमा परेका रहेछन् भन्ने जनाउँदछ । सबैले उडाउने तहको र सूर्य थापा वा महेश बस्नेत जस्ताको उल्टो बुद्धिले निर्माण भएको एमाले, युवा संघको मशाल जुलुस अन्ततः एमाले निकट पत्रकार संगठनका अध्यक्ष गणेश बस्नेतले जस्तै दुःखयाचना गर्ने तहमा पुग्ने निश्चित छ ।
कयौंले गृहमन्त्रीसँगै अर्थमन्त्रीलाई समेत यस प्रकरणमा जोडेका छन् । सरकारसँग स्वार्थ नमिल्ने एकथरि काँग्रेस नेताहरूले समेत होमा हो मिलाएका छन् । तर, सुन तस्करीको जालो यति मजबुत हुनु हिजो एमाले, काँग्रेसले नै यसलाई संस्थागत गर्नुका कारणले हो ।
त्यसैले गृहमन्त्रीमाथिको एमालेको संस्थागत लाञ्छना र माफिया पृष्ठभूमिका केही कांग्रेसको लाञ्छनालाई आम तहबाट खिसिठट्टाका रुपमा उडाइएको छ र तस्करीको जराजरामा पुगिछाड्ने गृहमन्त्रीको प्रतिबद्धताको हार्दिक स्वागत भएको छ ।
घटनाक्रमले एमालेसँग संस्थागत जोडिएका र मूल नेतृत्वका प्रिय व्यक्तिहरूनै यस प्रकरणमा जोडिएको संकेत गरेका छन् । गृहमन्त्रीले यसलाई जरैसम्म पुगेर उजिल्याउने प्रतिबद्धता व्यक्त गर्दागर्दै र छानबिन समितिले काम गर्दागर्दै सडकमा आउने र गोयवल्स प्रचार गर्ने एमाले हतारोले पनि यही सिद्ध गर्दछ ।
विमानस्थल सुरक्षा, व्यवस्थापन र भन्सार जस्ता सरकारका निकायहरूको आँखा छलेर वा सेटिङमा पारेर अनवरत हुँदै आएको यस्तो तस्करी, अहिले राजस्व अनुसन्धान विभाग जस्तो प्रधानमन्त्री अन्तर्गतको निकायले बरामद गर्न सकेको हो । यसमा सरकारलाई धन्यवाद दिनुको साटो उल्टै राजीनामा माग्ने कुराले राजीनामा माग्नेहरू सुन बरामदबाट कति छट्पटीमा परेका रहेछन् भन्ने जनाउँदछ । सबैले उडाउने तहको र सूर्य थापा वा महेश बस्नेत जस्ताको उल्टो बुद्धिले निर्माण भएको एमाले, युवा संघको मशाल जुलुस अन्ततः एमाले निकट पत्रकार संगठनका अध्यक्ष गणेश बस्नेतले जस्तै दुःखयाचना गर्ने तहमा पुग्ने निश्चित छ ।
बस्नेतले गृहमन्त्रीले ‘सुन पास गराएको’ ठोकुवा गरेर फेसबुक स्टाटस लेखेपछि र त्यसले गृहमन्त्रीको व्यक्तिगत, सामाजिक र राजनीतिक प्रतिष्ठामा आघात परेपछि प्रेस सल्लाहकार कमल गिरीले प्रहरीको साइबर ब्युरोमा उजुरी दिए । समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्ने, सामाजिक संजालमा आएका कुरा चित्त नबुझे प्रहरीको निकायमा वा अदालतमा उजुरी गर्ने कुरा स्वाभाविक हो । यसले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार भयो भनेर प्रेस चौतारीका निकायहरू र अन्य केही पत्रकारले आपत्ति जनाउँदै गर्दा बस्नेतले भने गृहमन्त्रीलाई भेटेरै ‘आफ्नो गलत समाचार स्रोतका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा’ दुःखयाचना गरे । साथै भ्रष्टाचारविरुद्ध सम्झौता नगर्ने गृहमन्त्रीको अडानमा समर्थन जनाए ।
सरकारको भ्रष्टाचारविरोधी अभियानमा ऐक्यबद्धता समेत जनाए । सडकका उफ्रिने अरु एमालेजनले पनि भोलि महसुस गर्ने यही हो ।
सुन प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गर्दैगर्दा र छानबिन समितिले त्यसमा काम गर्दैगर्दा सरकारले भने विमानस्थलको चुस्त जाँच, सुरक्षा एवम् व्यवस्थापनको प्रयास थालेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे अनुगमन गरेका छन् । उनले विमान अवतरणदेखि यात्रु–कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको मिहिन अनुगमन गरेका हुन् ।
अनुगमनपछिको संक्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताए । ‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो ।’ उनले भने– ‘यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ । तर, यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।’ वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने, प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिनुभएको र सुन तस्करीबारेको छानबिन समितिले यसको जराजरामा पुगेर कार्वाही र समाधान सुझाउने तथा कसैबाट प्रभावित नहुने उनले बताए ।
राईदेखि अडुकियासम्म !
स्रोतका अनुसार– सुन जिम्मा लिने न्युरोडको दया व्यापारी भएको गुप्तचरको रिपोर्टमा छ तर दया को हुन् प्रष्ट छैन । एक क्विण्टलभन्दा बरामद भएको सुन छुटाउने बिचौलिया चाहिँ राजेन्द्र राई हुन् । उनलाई सम्पूर्ण सहयोग–समन्वय गर्ने परिवर्तन राई हुन् ।
परिवर्तन राईको सहयोगी सुमन निरौला, कमल ढकाल, पशुपति गुरुङ आदि हुन् । चिनियाँ व्यापारीले स्कुटरको पुर्जा भन्दै ल्याएको सुन २१ वर्षीय दिलिप भुजेलको कम्पनीको नाममा छ, दिलिपको मामा रामकुमार भुजेल माडवारी व्यापारीका ड्राइभर हुन् ।
हङकङबाट आएको सुनमा लगानी गर्ने भने भारतीय नागरिक छुप्तेन छिरिङ र चिनियाँ नागरिक जे क्यु याई लिन हुन् । यी दुबै बिहीवार पक्राउ परे । परिवर्तन राई एमालेका युवा नेता हुन् । राईले सात वर्षअघि सिंगापुरको एक कम्पनीका नाममा त्रिभुवन विमानस्थलको गोदाम लिजमा लिन टेण्डर हालेका थिए तर कम्पनी नक्कली भएकाले पाएनन् । राईको व्यापारी दीपक मलहोत्रासँग पनि गहिरो उठबस छ, जो सुन तस्करीको झमेलामा बारम्बार पर्ने गर्दछन् । उनीहरूको सम्बन्ध यति समूहका प्रमुख आङछिरिङ शेर्पाले जोडिदिएका हुन्, जो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री तथा एमाले नेता रवीन्द्र अधिकारीसँगै दिवंगत भए ।
राईको भन्सार गोदामसम्म निकै राम्रो पहुँच छ । सुनलाई भारत पठाउने बिचौलिया कुख्यात भारतीय व्यापारी राकेश अडुकिया रहेको प्रारम्भिक अनुमान छ । अडुकिया सन् २०१० देखि नै हङकङबाट चाँदी र चाँदीसँगै सुन आयात गर्ने व्यक्ति हुन् । ब्ल्याकमा चाँदी र सुन बेचेर कुस्त कमाएका छन् । पूर्व गभर्नर युवराज खतिवडादेखि वर्तमान गभर्नर मायाप्रसाद अधिकारीसम्म उनको सुमधुर सम्बन्ध छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग विशेष सम्बन्ध छ । राकेशको २१ वर्षीय छोरा टेस्ला गाडीका नेपालका एजेण्ट हुन । राकेशको सम्पर्क अफिस भने वरिष्ठ अधिवक्ता सुशील पन्तको घरमा छ । पन्तकी छोरीसँग उनको राकेशको छोराको रेमिटेन्स कम्पनीमा साझेदारी रहेको समाचार स्रोत बताउँछ । समयबद्ध साप्ताहिकबाट
तपाईको प्रतिक्रिया दिनुहोस