राप्रपामा दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ जना पदाधिकारी मनोनित, को–को परे ? (सूचीसहित)


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जनालाई पदाधिकारीमा मनोनित गरेका छन् ।लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई पदाधिकारीमा मनोनित गरेका हुन् ।

जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् ।

त्यसैगरि सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राई मनोनित भएका छन् । यस्तै अध्यक्ष लिङ्देनले विभिन्न विभागहरुको प्रमुख पनि तोकेका छन् ।

जसअनुसार आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय बिभाग प्रमुखमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि बिभाग प्रमुखमा रविन चाम्लिङ, तराई मधेश विभाग प्रमुखमा रामप्रताप साह, अभिलेख तथा मुल्याङ्कन बिभाग प्रमुखमा मीना सुवेदी, सहकारी समन्वय बिभाग प्रमुखमा सुदर्शन थापा चयन भएका छन् । यसैगरी रमानन्द न्यौपाने केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनित भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ