सय केजी सुन तस्करी प्रकरण : दीपक मलहोत्रामाथि अनुसन्धान सुरु


काठमाण्डु – राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय केजी सुनमा व्यवसायी दीपक मलहोत्राको नाम जोडिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार समेत जांचपास गरेर सुन बाहिरिएको थियो । हङकङबाट स्कुटरको ब्रेकसु र दाह्री काट्ने रेजमा लुकाएर उक्त सुन नेपाल आएको थियो ।

विभागको प्रारम्भिक अनुसन्धानमा मल्होत्राको संलग्नता देखिएको स्रोतले जनाएको छ । विभागले गरेको अप्रेसनमा चार जना बुधवार सांझ प्रक्राउ परिसकेका छन् । मल्होत्रामाथि यसअघि समेत सुन तस्करी गरेको आरोप छ । उनको विमानस्थलमा लामो समयदेखि सेटिङ चल्दै आएको छ । मल्होत्राले शक्तिकेन्द्र मिलाएर एयरपोर्टमा कर्मचारीको सरुवामा समेत प्रभाव राख्दै आएका छन् ।

उनकै योजनामा तत्कालिन पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणमा प्रदिप अधिकारीलाई महानिर्देशक समेत बनाएका थिए । यसमा ठुलो आर्थिक चलखेल भएको स्रोत बताउंछ ।

पक्राउ परेका दिलीप भुजेल,रामकुमार भुजेल र राजेन्द्र राईमाथि अनुसन्धान भइरहेको छ । यसमा भन्सारका कर्मचारीहरुको समेत मिलेमतो रहेको आशंका छ । मल्होत्रामाथि समेत अनुसन्धान सुरु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएको छ । त्यसका साथै यसअघि समेत सुन आयात भएको स्रोत बताउंछ ।

गोप्य सुचनाको आधारमा आधारमा उक्त सुन बरामद भएको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको प्रत्यक्ष संलग्नतामा यो अनुसन्धान अघि बढाइएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ