हराएको २४ लाख डोज खोप खोज्न छानविन समिति गठन


काठमाडौं । सरकारले हराएको भनिएको २४ लाख डोज खोजी गर्न छानविन समिति बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख डोज खोप हराएको विषयमा छानविन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिले हराएको खोप खोजी गरि दुई हप्ताभित्र प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । कोरोना भाइरस नियन्त्रणका लागि थालिएको खोप अभियानका क्रममा २४ लाख खोप हराएको मन्त्रालयका अधिकारीले जानकारी दिएका थिए ।

उक्त खबर बाहिरिएपछि सरकारको चर्को आलोचना भएको थियो । मन्त्रालयले यसबारे एकीन जवाफ दिन नसकिरहेका बेला छानविन समिति नै बनाएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ